|

रगतसँग साटेको बन्दुक सजिलै बुझाइन्नः दाहाल

काठमाडौं, जेष्ठ १३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले भनेको मानेर लडाकुका हतियार नबुझाउने स्पष्ट पारेका छन् । 'रगतसँग साटेको बन्दुक' सजिलै बुझाउन नसकिने उनको भनाइ छ ।
'तपाईंहरुले हिजोआज सुन्नु पनि भएको होला माओवादीले जनमुक्ति सेनाका हतियार बुझाउँदैछ,' कृष्णसेन ईच्छुक प्रतिष्ठानले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दाहालले भने, 'रगतसँग साटिएका बन्दुकहरु सजिलै थन्क्याइने र बुझाइने छ भन्ने लागेको छ भने त्यो सत्य होइन ।'
माओवादी अहिले पनि युद्धको मोर्चामा रहेको बताउँदै अध्यक्ष दाहालले मोर्चाबाट नभाग्ने दाबी गरे । 'बरु छाती थापेर शहिद होइन्छ,' उनले भने । दाहालले माओवादीले अहिलेको वार्ताको लडाईं पनि जितेरै छाड्ने दाबी गर्दै जनयुद्धको बेलाजस्तै सहयोग गर्न अपील गरे ।
शान्ति प्रक्रियामा आइसकेपछि अहिले अत्यन्तै पेचिलो, अप्ठ्यारो र दुःखदायी क्षण आएको दाहालले बताए । 'क्रान्तिको बाटोमा घुम्ती र मोडहरु हुन्छन् त्यो घुम्तीमै पुगेर सकिन्छ,' उनले भने । 

Source:KantipurNews

Posted by Butwalonline on 7:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रगतसँग साटेको बन्दुक सजिलै बुझाइन्नः दाहाल"

Leave a reply