|

कांग्रेससँग फकिए मधेसवादीसहित सानादल

९ जेठ, काठमाडौँ । संविधानसभामा प्रतिनिधित्व गर्ने केही सानादलले प्रमुख विपक्षी नेपाली कांग्रेसले अघि सारेको १० बुँदे सर्तप्रति ऐक्यबद्धता जनाएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा आज बिहान बसेको कांग्रेससहित सानादलको बैठकले कांग्रेसको १० बुँदे सर्त कार्यान्वयन नगरेसम्म संविधानसभाको म्याद थप्ने पक्षमा सहमत नहुने निर्णय गरेका हुन् ।
कांग्रेसले यसअघि पनि सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव असफल पार्ने आफ्नो अभियानमा सघाउन सानादलका नेतालाई आग्रह गर्दै आएको थियो ।
बैठकमा कांग्रेस नेताहरुले बैठकमा संविधान संशोधन प्रस्ताव असफल पार्ने आफ्नो योजनामा सघाउन आग्रह गरेकामा सानादलले त्यसप्रति ऐक्यवद्धता जनाएका हुन् ।
कांग्रेसले म्यादथपका लागि १० जेठ अगाडि माओवादी सेनाका लडाकूका हतियार राज्यलाई बुझाउनु पर्ने तथा प्रधानमन्त्री झलनाथ खनालले १४ जेठ अगाडि नै पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ ।
स्रोतका अनुसार सानादल र कांग्रेसबीच शान्ति प्रक्रियाको टुङ्गो नलागेसम्म सदन चल्न नदिने सहमतिसमेत भएको छ ।
संविधानसभाको म्यादथपका लागि अघि सारेको १० बुँदे सर्त पढेर सुनाउन दिनुपर्ने कांग्रेस अडानमा माओवादी र एमाले सहमत नभएपछि हिजो बस्ने भनिएको संसद् बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकमा सरकार बाहिर रहेका मधेसी मोर्चामा आबद्धदल, राजपा, राप्रपा र नेपाली जनतादललगायत सहभागी थिए ।

Onlinekhabar

Posted by Butwalonline on 9:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कांग्रेससँग फकिए मधेसवादीसहित सानादल"

Leave a reply