|

श्यामसुन्दर गुप्ताको सभाषद पद खारेज

४ वैशाख, काठमाडौं । संविधानसभा सदस्य श्यामसुन्दर गुप्ताको सभाषद पद खारेज भएको छ ।

संविधानसभाको आइतबार बसेको बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको आदेश अनुसार गुप्ताको सभासद पद खारेज भएको जानकारी गराउनुभयो ।

गुप्ता मन्धिपरिषद्ले मनोनित गरेका २६ जनाको कोटामा सभासद् बन्नु भएको थियो । सर्वोच्चका न्यायाधीश बलराम केसी र भरतराज उपेत्रीको संयुक्त इजलास गत माघ २८ गते गुप्ताको मनोनयन सहमतिको आधारमा नभएको ठहर गर्दै पद खारेज गर्ने फैसला सुनाएको थियो ।

Source:onlinekhabar

Posted by Butwalonline on 12:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "श्यामसुन्दर गुप्ताको सभाषद पद खारेज"

Leave a reply