|

सीता र नारायणले नचाए


रूपन्देहीको शंकरनगर वन विहारमा बिहीबार बेग्लै रमाइलो छायो। अरू बेला पर्यटकको आवतजावतले चहलपहल देखिने विहारमा त्यस दिन सांस्कृतिक कार्यक्रमको रौनक थियो। शुभकामना सांस्कृतिक कार्यक्रममा राष्ट्रियदेखि स्थानीय कलाकारले गीत एवं नृत्यमार्फत विहार घुम्न आएका पर्यटकसँगै स्थानीयबासीलाई दिनभरि नै मनोरञ्जन प्रदान गरे। कार्यक्रममा लोकदोहोरी गायिका सीता राना तथा गायक नारायण लेकालीको एकल तथा संयुक्त दोहोरीले पर्याप्त मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा विभिन्न आदिवासी जनजातिका मौलिक संस्कृति झल्कने मारुनी, सोरठी, झ्याउरे कौरा, सुदूरपश्चिमको छलिया, पूर्वको किरकिट गर्रा र पैसाझारे मारुनी, माझी, मञ्जुश्री र थाली नृत्यमा अनु रजक, सरिता पुलामी, सरिता राना, पूनम थापा, मनिषा गुरुङ, राधा, सोनिया प्रीति, विपना, प्रकाश, एलिना, नितु, सुनिल तथा रोशनको प्रस्तुति पनि आकर्षक थियो। कार्यक्रममा महेश पाण्डेको आधुनिक गायनले दर्शकको मन जितेको थियो।


Source Saptahik

Posted by Butwalonline on 1:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सीता र नारायणले नचाए"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु