|

मधेसवादीले मतदाता नामावाली सङ्कलनको प्रतिकार गर्ने

नेपालगन्ज, १७ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचन आयोगले जारी राखेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी आफ्ना माग बेवास्ता गरी नामावली संकलनकार्य जारी राखे कडा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

निर्वाचन आयोगले आइतबार देखि फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरू गराउने तयारी गरेको छ ।

विज्ञप्तिमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष हीरालाल लोनिया, तराई मधेस लोकतान्त्रिक पार्टीका गिरजाशङ्कर पाठक र सद्भावनाका लक्ष्मीनारायण वर्माले हस्ताक्षर गरेका छन् ।

फोटोसहितको नामावली संकलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य हुने पर्ने प्रावधान राखेर मधेसी, मुस्लिम, जनजाति र दलितलाई मतदानको अधिकारबाट वञ्चित गराउने षड्यन्त्र भएको मोर्चाको आरोप छ ।
Source:Onlinekhabar

Posted by Butwalonline on 8:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मधेसवादीले मतदाता नामावाली सङ्कलनको प्रतिकार गर्ने"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु