|

जीवनको गोरेटोमा

निर्दयी पि्रयसी

मेरो हजुर तपाईं मात्र हो यदि तपाईंकी जीवन साथी हुन सकिनँ भने यो संसारमा अरू कसैकी हुने छैन । तपाईंका लागि एक वर्ष त होइन, दसौं वर्षसम्म पनि अलिकति अभाव महसुस नगरी बसिरहनेछु- भन्ने तिम्रा शब्दहरू अझै मेरो कानमा गुन्जिरहेका छन् ।

तिम्रो नक्कली मायालाई सक्कली माया दिएर ठूलो गल्ती गरेछु । म त खाडी मुलुकमा चर्को घाम धूलो धुवाँसँग मिसिएर पसिनाको पर्वाह नगरी रुपैयाँको बिट्टो पठाउथें । त्यसबेला लाग्थ्यो, म तिम्रा लागि जति पनि दुःख उठाउन सक्छु ।

तिम्रा लागि खाडीको बगरमा पल-पल मर्दै भए पनि पसिनाले पैसा साट्न सधैं तल्लीन रहेँ । एक पटक थोरै याद गर, तिमीले मलाई पठाएको पत्रमा भनेकी थियौं- यो पत्र होइन, यो मुटुको जलन अनि ढुकढुकी हो । प्राणभन्दा पनि प्यारो मुटुमा हृदयभरिको माया अनि अविरल सम्झना एवं अगाढ प्रेम केवल मेरो मुटुका लागि केवल मेरो मनको राजाका लागि ।' तिमीले पत्रमा लेखेकी थियौं, 'शारीरिक रूपले स्वास्थ्य रहे पनि म मानसिक रूपले अस्वस्थ्य छु । किनभने मेरो माया कतै टाढा छ, तर पनि म हजुरसमक्ष आउने प्रयास गरिरहेकी छु ।

मैले भगवान्सँग कहिल्यै केही मागिनँ, भगवान् आफैं खुसी भएर दिनुहुनेछ ।' तिम्रा ती शब्दहरू नक्कली होलान् भनेर म कसरी अविश्वास गर्न सक्थें ? मलाई तिम्रो पत्रका शब्द-शब्दले घोचिरहेका छन् । पत्रमा तिमीले लेखेकी थियौं, 'आज हजुरको सुस्वास्थ्य, दीघार् यु तथा उत्तरोत्तर प्रगतिका लागि भगवान्समक्ष यो मुख खोलें । म केवल हजुरकी हुँ, तसर्थ हजुरकै भएर बाँच्न पाउ“m, मात्र हजुरकै ।

आज मलाई लाग्छ, शब्दहरूले यसरी धोका दिन सक्छ ? अथवा मनमा कालो हुँदाहुँदै पनि यस्ता शब्द कसरी निस्किएर सफा कागजलाई धमिल्याउन सक्छन् ?

यस्तो पत्र आउँदा मेरो जीवनमा कति खुसी छायो ? म मरुस्थलमा एक्लै रोएको थिएँ ती पत्र पढ्दा । मलाई लाग्थ्यो, म संसारको सबैभन्दा भाग्यमानी मानिस हुँ, किनभने मलाई माया गर्नेले जीवन पखालेर माया गर्छे ।

दुई वर्षसम्म कतारको चर्कोघाम अनि तातोहावासँग पौठेजोरी खेल्दै जीवनको अमूल्य समय बिताएर म त्रिभुवन अन्तर्राष्ट्रि्रय बिमान स्थलमा आवतरण गरेँ । सायद त्यो दिन मेरो जीवनको ठूलो उपलब्धिको दिन थियो । चैत्र महिनाको उजाड पाखामा लालीगुराँस ढकमक्क फूलेर वनै उज्यालो भएजस्तै थियो मेरो मन । मेरा लागि तिमी हातमा फूलको गुच्छा लिएर स्वागत गर्न आएकी हुनुपर्छ भन्ने सोच्दा मेरा आँखामा आँसु छछल्किन्थे, तर त्यहाँ कोही थिएन । पछि थाहा भयो, मेरो संसार लुटिसकेको छ । पैसा पठाउन्जेल मात्र उनी मेरी थिइन् । उनीजस्तै युवतीका कारण माया बद्नाम भएको छ ।

जगत

Source:Saptahik

Posted by Butwalonline on 3:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जीवनको गोरेटोमा"

Leave a reply