|

सभासद्ले फाले चौथो तलाबाट कुर्सी

१८ चैत, काठमाण्डौ ।  संबैधानिक समितिको शुक्रबार बिहान वसेको वैठकमा तनाव भएको छ । बिहीवार समितिको प्रतिबेदन च्यातेका दलित जनजाती पार्टीका सभासद् बिशेन्द्र पासवानले शुक्रबार बैठक चलिरहेको बेला त्यहाँ रहेको एक कुर्सि बाहिर फालिदिएका छन् । चौथो तल्लाबाट फालिएको कुर्सि टुक्रा टुक्रा भएको छ ।
युनएनडीपीले सहयोगस्वरुप दिएको -रिमे २४१४/४७) २०६५/०६६ नम्बरको कुर्सी पासवानले फालिदिएका हुन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पासवानले यस्ता कुर्सीहरु एक–एकगरी फ्याँक्ने चेतावनी दिनु भयो । उहाँले पत्रकारहरुलाई प्रतिपश्न गर्दै भने ‘कसैले बन्दुक उठाएर मान्छे मार्न हुने तर हामीलेचाहीँ कुर्सी फ्याँक्न नहुने ।’
पासवानले यस्तै गरी दलित जनजातिको आवाज दाबाउन खोजे एक–एक गरी मान्छेनै फ्याँक्ने चेतावनी दिनुभयो । यसअघि आफ्ना भनाई राख्न नदिएको भन्दै पासवानले बिहीवार राज्य पुनःसंरचना समितिको प्रतिबेदन च्यातेका थिए । निर्धारित समयभन्दा बढी समय बोलेपछि सभापतिले समय सकिएको जनाउँदा दिंदा सदरुल हक मियाँ र पासवान आक्रोशित भएका थिए ।
source:onlinekhabar

Posted by Butwalonline on 2:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "सभासद्ले फाले चौथो तलाबाट कुर्सी"

  1. Waah hamra sabhasad katti baliya hun kursi pani jhyal bat falna sakne????

Leave a reply