करेन्ट लागेर मृत्यु
स्याङ्जा , चैत्र २४ -
माओवादीले जनआन्दोलन अवसरमा पोखरामा गरेको तमुवान राज्यस्तरीय सभामा सहभागी हुन जाने क्रममा बसको छतमा चढेका पर्वत होस्राङदी ३ का ३५ वषर्ीय लालबहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
करेन्ट लागेका अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ । माओवादी कार्यकर्ताहरु चढेको ना४ख ३३१९ नम्बरको बस स्याङ्जाको अर्जुनचौपारी गाविसमा आउँदा करेन्ट लागेको थियो । घाइते भएका नेपालीलाई उपचारका लागि कालिका सामुदायिक अस्पताल हेलुमा पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । होस्राङदीका उज्ज्वल भुसाल, टुकबहादुर थापा, सञ्जु भुसाल र रमेश नेपाली घाइते भएका र उनीहरुको हेलुमा उपचार भइरहेको छ ।
Source:Kantipur News