|

सवारी दुर्घटनामा दश जनाको मृत्यु

२१ चैत्र, सुनसरी । सुनसरीको भोक्राहामा सोमबार अपराहृन दुई बटा बस एक आपसमा ठक्कर खाँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा झण्डै सय जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गको इनरुवा-लौकही सकडखण्ड अन्तर्गत भोक्राहामा पुर्वबाट पश्चिम जाँदै गरेको ना २ ख २३७० नम्बरको यात्रुबाहक बस र बिपरीत दिशाबाट आँउदै गरेको ना २ ख ६८६५ नम्बरको बस एक आपसमा जुध्दा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमा, ३ जनाको न्यूरो अस्पताल बिराटनगर लैजाँदै गर्दा, एकको उपचारका क्रममा, २ जनाको जिल्ला अस्पताल इनरुवा र अर्को एकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । मतकको सनाखत हुन सकेको छैन ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको सुनसरीका प्रहरी प्रमुख भुपाल कुमार भण्डारीले जानकारी दिनु भयो । घाइते मध्ये एक दर्जनको अवस्था चिन्ता जनक रहेकेा छ ।

यसैबीच उद्धारका लागि गएको प्रहरी भ्यान पनि क्षतिग्रस्त सवारीमा ठोक्किदा ६ जना प्रहरी सामान्य घाइते भएका छन् । बा १ झ ८०३ नम्बरको प्रहरीको भ्यानलाई पुर्वबाट पश्चिम जाँदै गरेको ना २ ख ४०२८ नम्वरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Source:onlinekhar

Posted by Butwalonline on 1:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सवारी दुर्घटनामा दश जनाको मृत्यु"

Leave a reply