५५ वर्षीय पुरुष मृत भेटिए
६ चैत्र, कावासोती । नवलपरासीको प्रगतिनगर ३ सालघारीमा आइतबार विहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीय ५५ वर्षीय क्षेत्रबहादुर तामाङ घर नजिकैको झाडिमा बिहान ९ बजे मृत अवस्थामा फेला परेको स्थानीय प्रितम भुजेलले बताउनुभयो ।
मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
