आगोले ३० घर नष्ट
महोत्तरी , फाल्गुन ३० -
हतीसर्वा-९ छपौलटोलको दलित बस्तीमा सोमबार आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । स्थानीय बिजो महराकी ३ वषर्ीया छोरी आगोले घाइते भएको प्रहरीले जनायो ।
स्थानीय महिकरण महराको घरबाट सुरु भएको आगो बस्तीभरि फैलिएको थियो । आगोले ती घरका धनमाल र चौपाया जलेर नष्ट हुँदा करिब एक करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जलेश्वर नगरपालिकाको दमकल बिग्रेर थान्को लागेकाले समयमै आगो नियन्त्रण हुन सकेन । जनकपुरबाट आएको दमकलसमेतको प्रयोगले प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए । आगलागी पीडित करिब २ सय जना बिचल्लीमा परेका छन् ।
निकुन्जमा आगो यसैबीच रसुवा संवाददाताका अनुसार लाङटाङ राष्ट्रिय निकुन्जमा आगलागी भएको छ । शनिबार दिउँसोबाट लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको निकुन्ज सुरक्षार्थ इन्द्रबक्स गणले जनायो । आगलागी भएको स्थान सदरमुकाम धुन्चेबाट १५ कोस उत्तर टिमुरे गाविसमा पर्छ । आगो नियन्त्रण गर्न सदरमुकामबाट सेना, प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । ८ हेक्टर जंगल क्षेत्रमा आगलागी भएको छ । आगलागीमा मानवीय क्षति नभए पनि बन्यजन्तु र जंगल नष्ट भएको छ ।
Source:Kantipur News