|

युएईलाई ५ विकेटले हराउँदै विश्व ट्वान्टी-२० छनोटमा नेपाल तेस्रो

काठमाडौं - शरद भेषावकरको लगातार दुई छक्काको मद्दतले ४ बल बाँकी रहँदा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल आइसिसी विश्व ट्वान्टी-२० छनोट प्रतियोगितमा तेस्रो भएको छ।

युएईले नेपाललाई दिएको १ सय ३२ रनको लक्ष्य भेषावकरले पछिल्लो पाँच बलमा ३ छक्का प्रहार गरेपछि पूरा भएको हो।अविजित रहेका भेषावकरले २९ बलमा ४३ रन जोड्दै नेपालको जीत सुनिश्चित गरेका हुन्। नेपालका लागि सुवास खकुरेलले ३८ रनको योगदान दिए। उनले ४६ बलमा यो योगफल जोडेका थिए। 

फिल्डिङ रोजेको नेपालले युएईलाई २० ओभरमा ५ विकेट लिँदै १ सय ३१ रनमा रोकेको थियो।युएईका अब्दुल साकारले सर्वाधिक २८ रन जोडे। रोहन मुस्तफा र साहिमान अनवरले २४-२४ रन जोडे। नेपालका बलर वसन्त रेग्मीले ४ विकेट लिए।युएईका करमान सजदले २ विकेट लिए।प्रतियोगिता म्यान अफ दी म्याच वसन्त रेग्मी रहे। प्रतियोगितामै नै उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरको स्पेलमा १६ रन खर्चेर ४ विकेट लिएका थिए।नागरिक

Posted by Butwalonline on 7:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईलाई ५ विकेटले हराउँदै विश्व ट्वान्टी-२० छनोटमा नेपाल तेस्रो "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु