|

पुष्प खेतीबाट लाखौको आम्दानी

सलमान खान,भैरहवा, चैत ६ ‍- बैदेशिक रोजगारको लागी लाखौ युवाहरु बिदेश गईरहेको अवस्थामा रुपन्देही आनन्दवन गाउा विकास समिती वडा नम्बर ३ मणिग्रामका रमेश पाण्डेय आफ्नै बारीमा पसिना चुहाउदै फूल स्याहारी रहेको देख्न सकिन्छ । नेपाली युवाहरु बिदेशिने अवस्थामा आफ्नो देशको माया मार्न नसकि यहि केही गरि परिवार धान्ने प्रयास स्वरुप शुरु गरिएको पुष्प खेती बाट अहिले उनले बार्षिक करिब दश लाख रुपैया सम्म कमाउन सकेका छन ।

आनन्दवन गाउा विकास समिती वडा नम्बर ३ मणिग्राम स्थित आफ्नै जग्गामा शुरु गरिएको पुष्प खेतीमा अहिले स्वदेशी एवम बिदेशी गरि कैयौ प्रकारको पुष्प फुलिरहेको मनमोहक दृश्य देख्दा जो सुकैको मन हर्षित हुन्छ ।

उनका खेतमा अहिले ग्लाडुल्स, एस टी फ्लावर लगायत पश्चिम नेपालमै एक मात्र अर्नामेण्टल फ्लाण्ट, साईकस, वेगन, लालुपाते रोज एकजोरा, मुसुण्डा, हेविसकस, टिकोमा लगायतका पुष्प फुलेका छन । यस बाहेक बिभिन्न मौषमी तथा बेमौषमी फूल सयपत्री, डेलिया, गोदावरी, जखेरा,बिभिन्न ईन्डोर फ्लाण्ट लगायत आप,लिची,अनार,कागती,अम्बा आदीको पनि बिशेष उत्पादन गरेका छन ।

यी उत्पादनहरु बिक्री बितरण गरि पाण्डेले दश लाख रुपैया सम्म आम्दानी मात्र नगरि आफ्नो फर्ममा प्रत्यक्ष १ र अप्रत्यक्ष रुपमा ५३ भन्दा बढी गरि दुई सय भन्दा बढीलाई रोजगारी दिन सकेकोमा गर्व महशुश गरेको सुनाउछन । पैसा कमाउनकै लागी बिदेश जाने युवाहरुले गर्न खोजे पुष्प खेतीमा प्रशस्त आम्दानी रहेको कृषक पाण्डेको भनाई छ । समय परिवर्तन संगै बिश्वमै फ्लारी कल्चरको महत्व बढदै गईरहेको र अहिले जुन सुकै शुभ कार्य गर्दा फूल अनवार्य रुपमा चाहिने कारणले अन्तराष्ट्रिय स्तरमा कटफ्लावरको माग तिव्र रुपमा बढदै गएको पाण्डेले बताएका छन ।

बिश्व बजारमा खरबौ डलर बराबरको फूलको कारोबार भएको बताउदै फूल वातावरण संरक्षण, बगैचा सजावट, पुष्प सजावट, सुगन्धित तेल, औषधी लगायत बिभिन्न प्रयोजनको लागी फूलको प्रयोग भएको पाईन्छ । पुष्प ब्यावसायी पाण्डेको अनुसार नेपालको हावापानी पुष्प ब्यावसायको लागी अनुकुल भएको हुदा यहाा पुष्प खेतीको प्रचुर सम्भावना रहेको छ । उनले नेपालबाटै पुष्पजन्य उत्पादन जापान, अमेरीका, कोरीया, न्यूजिलैण्ड लगायत बिभिन्न अरबियन राष्ट्रहरुमा निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको र नेपालको हावापानी अनुसार ठूलो मात्रामा ब्यावसायीक फूल खेती बिस्तार गर्न सके अरबौ मूल्य बराबरको फूल जन्य उत्पादन बिदेश निर्यात गर्न सकिने बताउछन । यसको लागी नेपाल सरकारले उचित ध्यान पुरयाउन नसकेको गुनासो गर्दै पुष्प खेतीमा बिशेष अनुदान दिन सके यसले नयाा रुप दिन सकिने र किसानहरुले सोचे जस्तो फाईदा लिन सक्ने उनको तर्क रहेको छ । नेपालबाट ठूलो परिमाणमा फूल बिदेशमा निर्यात गर्न सकिने सम्भावना रहेको हुदा हुदै सरकारी उदासिनताको कारण बिदेशबाट तीस करोड भन्दा बढीको पुष्प जन्य उत्पादन आयात गर्नु परेको दुखेसो समेत पोखेका छन ।

Posted by Butwalonline on 9:18 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " पुष्प खेतीबाट लाखौको आम्दानी"

Leave a reply