|

मानब अधिकार उल्लङघनका घटना नियन्त्रणका लागि बिशेष अभियानमा लाग्न नया युवा पुस्ताहरुलाइ सुझाब

फागुन १८, बुटवल मानब अधिकार उल्लङघन तथा महिला हिंसाका घटना बढिहेका कारण हिंसा बिरुद्धका अभियानमा युवाहरुको सक्रिय सहभागिता जरुरी रहेकोमा आज बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । महिला हिंसा लगायत बिभिन्न घटना नियन्त्रणका लागि दबाबमुलक अभियान जरुरी रहेको भन्दै नया युवा पुस्ता पनि त्यस्ता अभियानमा लाग्नुपर्ने बताए । ंिहंसा बिरुद्धका सचेतना अभियानमा युवाहरुको सक्रिय रुपमा सहभागि बनाइ आगामि दिनमा अधिकारकर्मिंको रुपमा नया पुस्तालाइ तयार बनाउने उदेश्यले बुुटवलमा आयोजना गरीएको महिलाबादि दृष्टिकोणबाट युवाहरुका लागि अभिलेखिकरण तालिमको समापन समारोहमा बोल्ने बक्ताहरुले हिंसा नियन्त्रणका लागि परीबर्तनको शुरुवात आफैबाट गर्नुपर्ने बताए । लुम नेपाल काठमाण्डौ र कदम नेपाल रुपन्देहीद्धारा आयोजित ३ दिने तालिममा लुम्बिनी अञ्चलका ६ जिल्ला र अन्य जिल्लाका गरी २० जना युवाहरु सहभागि भएका थिए । तालिम समापन समारोहमा प्रमुख अतिथि मानबअधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलका अधिकृत चन्द्रकान्त चापागाइले पछिल्लोे समयमा मानब अधिकार उल्लङघनका घटना बढिहेका कारण त्यसप्रति सचेत रहन युवाहरुलाइ आग्रह गर्नुभयो । शान्ति समाजका केन्द्रिय सदस्य गोबिन्द खनालले संघसंस्थाहरुले कार्यक्रम गरेर मात्र हिंसाका घटना नरोकिएको भन्दै राज्यले नै अभियान चलाउनुपर्ने बताउनुभयो । लुम नेपाल काठमाण्डौका महासचिब बिष्णु न्यौपानेको अध्यक्षता र कदम नेपाल रुपन्देहि सचिब निरु गौतमको सञ्चालनमा भएको कार्यक्रममा अधिबक्ता दिपा सुनार, बुटवल नगरपालीकाका महिला समन्यव समिती उपाध्यक्ष रश्मि बस्याल , कदम नेपालका रुपन्देहि अध्यक्ष तथा ओरेक नेपालका पश्चिमाञ्चल संयोजक इन्दिरा आचार्य ,रेडियो मुक्तिका स्टेशन म्यानेजर दिपु ज्ञवाली ,काहु राष्ट्र रुपन्देहीका नेत्र प्रसाद पाण्डे, सहभागिका तर्फबाट मिना पन्थी,गंगा खडका लगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 6:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मानब अधिकार उल्लङघनका घटना नियन्त्रणका लागि बिशेष अभियानमा लाग्न नया युवा पुस्ताहरुलाइ सुझाब"

Leave a reply