सक्सेस फोरम नेपालगन्जमा नया कार्यसमिति चयन
नेपालगन्ज,चैत ३-विगत तिन बर्ष देखि कार्यरत सक्सेस फोरम नेपालगन्जको आज नेपालगन्जमा सम्पन्न दोस्रो साधारण सभाले नया कार्यसमिति (२०६९–०७१) चयन गरेको छ ।
संस्थाका निर्वतमान अध्यक्ष सिता बोहरा लाई नै पुन: अध्यक्षमा सर्व सम्मत बाट चयन गर्दै ११ सदस्सिय कार्यसमिति चयन गरिएको हो । यसैगरी समितिको उपाध्यक्षमा सुर्यमणि पौडेल, सचिब गौरब शर्मा, सह–सचिब दिपा गौतम र कोषाध्यक्षमा दिप्ती शर्मालाई चयन गरिएको छ । कार्यसमितिको सदस्यहरुमा हेमराज भट्ट, गणेस गौतम, टिका भण्डारी, कृष्णा थापा, बिनिता केसी लाई चयन गरिएको छ साथै एक जना सदस्यलाई कार्यसमिति बैठकबाट मनोनित गर्ने निर्णय गरेको छ । यसैगरी संस्थाले नियमित रुपमा गर्दै आएको स्लो बाईक कम्पीटिसन लाई निरन्तरता दिदै बैशाख ११ गते नेपालगन्जमा प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिताका लागि सुर्यमणि पौडेलको संयोजकत्वमा कार्यक्रम तयारी समिति समेत गठन गरेको छ समितिको सह–संयोजकमा दिप्ती शर्मा रहेका छन् यसैगरी सदस्यहरुमा गौरब शर्मा, बामदेब पोख्रेल, सुसील क्षेत्री र हेमराज भट्ट लाई चयन गरिएको छ ।
यसैगरी आज नै सक्सेस फोरमले ब्लड डोनेसन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसायटी रक्त रंचार केन्द भेरी अन्चल अस्पतालमा सम्पन्न कार्यmममा कृष्ण भुगाई, टिका बोहरा, सरोज कुमार चौधरी, आर के थापा, अनिता बोहरा लगायतले रगददान गरेका थिए ।