|

विश्व साइकल यात्री धाकेश्वर क्षेत्री दुबईमा

लालबहादुर ढेंगा, दुबई, युएई । विश्वमा सबैभन्दा अग्लो सगरमाथा नेपालमा रहेको र विश्व शान्तिको नारा बोक्दै नेपाली भाषा, कला र संस्कृतिलाई चिनाउने हेतुले विश्व साइकल भ्रमणमा निस्केका सापलाखु–५, ताप्लेजुङका निवासी ५७ बर्षिय धाकेश्वर क्षेत्री विश्व साइकल यात्राको क्रममा दुबई आइपुग्न’ भएका छन् । उहां ५७ देशमा साइकलद्धारा भ्रमण गर्दै ५८ औं देशको रुपमा युएईमा आइपुकेका हुन् ।

नेपालमा मेची महाकालीदेखि साइकल यात्रा सुरुवात गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा भारत, बंगलादेश र भुटान हंदै जर्मनी, स्वीट्जरल्याण्ड, स्वीडेन, अष्ट्रलिया, वर्मा, थाइल्याण्ड, जापान र हङकङ्ग गरि जम्मा ५८ देशमा भ्रमण गरिसक्नु भएको छ भने उहां अब ५९ देशको साइकल यात्रा गर्दै कतारतिर प्रस्थान गर्ने जानकारी दिनु भएको छ ।

सन् २००४ मा विश्व साइकल यात्राको थालनी गरेता पनि १५० देशमा साइकलद्धारा भ्रमण गर्ने योजना रहेको विश्व साइकल यात्री धाकेश्वरले बताउनु भएको छ । उहांले विगत ८ बर्षदेखि साइकलमा यात्रा गर्दै नेपालको झण्डा र नेपालीहरुको परिचयलाई विश्वमा चिनाउदै आउनु भएको छ । यो एउटा नेपाल र नेपालीहरुको लागि गौरवको कुरा हो ।

गत ६ मार्च बुधबारदेखि ८ मार्च शुक्रबारसम्म अबुधावीमा रहदा ग्रीन ट्राभल्सका संचालक बालकृष्ण खड्का र राजकुमार राना भाटले खानपानदेखि लिएर बसोबासका लागि व्यावस्था गरेका थिए । दुबईमा हालको लागि खानपानको लागि सिल्भर स्पून नेपाली रेष्टुरेण्टकी संचालिका दिपा पाण्डेले गर्नुभएको छ भने बसोबासका लागि समाजसेवी शिवराज जैसीले गर्नुभएको छ । विश्व साइकल यात्री धाकेश्वर क्षेत्रीले युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्थाहरुसंग सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

Posted by Butwalonline on 6:19 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विश्व साइकल यात्री धाकेश्वर क्षेत्री दुबईमा"

Leave a reply