तमु प्ये ल्हु संघ युएईको प्रथम साधारण सभा सम्पन्न
मार्च २०१३, युएई।-रश्मी गुरुङ ,तमु प्ये ल्हु संघ, युएईको प्रथम साधारण सभा दुवई स्थित जवेल पार्कमा संघका संरक्षक कर्णेल श्री सुविराज च्हम्रु तमुको विषेश उपस्थितिमा शुक्रवार सु-सम्पन्न गरिएको छ।तमु प्ये ल्हु संघ केन्द्रीय कार्यालय पोखराको भूतपूर्व उपाध्यक्ष एवम् सल्लाहाकार सुवेदार श्री चन्द्रमणी क्रोम्छैं तमुको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना ब्यक्त गरिएको थियो। साथै मृगौला रोग पीडित सुश्री शिरशोभा तमुको सहयोगार्थ कार्य समितिद्वारा नेपाली रुपैयाँ ३० हजार संकलन गरिएको छ भने युएईका बिभिन्न स्थानहरुबाट तमु प्ये ल्हु संघ, युएईका सदस्यहरुद्वारा रकम संकलन कार्य जारी राखिएको छ। उक्त संकलित रकम छिट्टैनै तमु प्ये ल्हु संघ केन्द्रमा पठाईने र पीडितलाई हस्तान्तरण गरिने भएको छ।
तमु प्ये ल्हु संघ, युएईका संस्थापक अध्यक्ष श्री एकाजङ्ग प्ल्हेँ तमुको सभापतित्वमा गरिएको उक्त कार्यक्रममा २१ सदस्यीय नयाँ कार्य समितिको चयन गर्दै समापन गरिएको छ। सभालाई समापन गर्नुहुँदै सभापति श्री एकाजङ प्ल्हें तमुले तमु प्ये ल्हु संघ, युएईलाई साथ दिनुहुने सम्पूर्ण समर्थक सदस्यहरु, युएई स्थित बिभिन्न संघ-संस्था, निरन्तर रुपमा प्रायोजन गरिरहने सञ्जय गार्मेन्ट L.L.C दुवाई, तमु प्ये ल्हु संघ केन्द्र पोखरा लगायत सम्पूर्ण शाखाहरु, हङकङ, युके, कुवेत, तमु प्येताँ-ल्हुताँ समिति कतारलाई धन्यवाद दिनु भएको थियो। कार्यक्रम स्थलमा सहभागीहरुका लागि पानी, जुस एवम् खाजाको ब्यबस्था प्रायोजक श्रीमती मिनाकुमारी तिदुस्यो तमुले गर्नु भएको थियो।
संस्थापक अध्यक्ष श्री एकाजङ्ग प्ल्हेँ तमुलाई संघको प्रथम सभाले सर्वसम्मत पुन: अध्यक्ष चयन गरेको छ।
नयाँ कार्य समितिहरुमा:
प्रमुख संरक्षक कर्णेल श्री सुबिराज च्हम्रु तमु,
अध्यक्ष: श्री एकाजङ्ग प्ल्हेँ तमु,
उपाध्यक्ष: श्री मुक्ति टु तमु,
महसचिव: श्री राकेश लेम तमु,
सचिव: सुश्री रस्मि ङोप्छे तमु,
कोषाध्यक्ष: श्री ओम प्हच्यु तमु,
सह-कोषाध्यक्ष: सुश्री सरिता लेम तमु,
खेलकुद सचिव: सन्तोष कोप्छै तमु,
सांस्कृतिक विभाग प्रमुख: श्री राजु ल्हेगें तमु,
खेगी बिभाग प्रमुख: श्री खुशीमान ङोप्छै तमु,
श्री मनबहादुर ङोप्छै तमु,
श्री सुरेश ङोप्छै तमु।
सदस्यहरु:
श्री लाल थिम्मै तमु,
श्री पूर्ण ह्रिलमै तमु,
श्री टोम क्रोम्छैं तमु,
श्री तराबहादुर पैगु तमु,
श्री मिन प्हच्यु तमु,
श्रीमती मेखमाया क्रोम्छैं तमु,
श्रीमती सिरी क्रोम्छैं तमु,
श्रीमती लक्ष्मी टु तमुस्यो,
सुश्री जमुना तमु,
श्री रञ्जन च्हम्रु तमु,
श्री यम न्हास्ये तमु,
सल्लाहाकार: श्रीमती मिनकुमारी तिदुस्यो तमु,
श्री ठमरसिह क्होला तमु।
श्री हरि च्हम्रु तमु,
श्री श्याम किदुमै तमु।
प्रमुख सल्लाहाकार: श्री यम क्याप्छैं तमु।
ओमानबाट संपर्कमा तमु प्ये ल्हु संघ सदस्य श्री बुद्धि टु तमु रहनु भएको छ।
