सौराहामा ठाईला सम्मेलन
सौराहा, २७ फागुन । ठाईला सन्तानहरुको संरक्षणको माग गर्दै चितवनको पर्यटकिय नगरी सौराहमा आजबाट ठाईला सम्मेलन सुरु हुंदैछ ।बढ्दो जनसंख्या बृद्धि न्युनिकरण अभियान सुरु भएसंगै ठाईला सन्ततीको अस्त्वि लोप भएकोले हाल भएका ठाईला सन्तानहरु संगठीत बन्न सम्मेलनको आयोजना गरीएको बताइएको छ । ६ देखि माथीको सन्तानमा मात्र ठाईला सन्तान रहने भएकाले जनसंख्या न्युनिकरण अभियानसंगै यस शब्द इतिहासमा मात्र सिमित रहेकाले नंया पुर्खामा जानकारी गराउने उदेश्य सहित संगठित भएको प्रहरी चौकी बछौलीका प्रहरी नायब निरिक्षक बिष्णुप्रसाद श्रेष्ठले बताए । उनी स्वयम पनि ठाईला सन्तान हुन । सम्मेलनमा चितवन , गोरखा र धादिड्ड का गरी २५ जना थाइला सन्तान सहभागि छन् । सम्ेलनले आजै नया कार्य समिति चयन गर्नछ ।