बन्दका कारण आज पनि देशभरको जनजीवन प्रभावित
काठमाण्डौं,फागुन २४ - उपेन्द्र यादब नेतृत्वका संघीय लोकतान्त्रिक
मोर्चाले गरेको बन्दका कारण आज पनि देशभरको जनजीवन प्रभावित बनेको छ ।
नेकपा-माओवादी नेतृत्वमा रहेको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले बुधबार
गरेको बन्दसाँझदेखि खुले पनि आज लगत्तै भएको बन्दका कारण नागरिकहरुलाई थप
सास्ती परेको छ ।
बन्दका कारण मुख्य सहर तथा राजमार्गमा सवारीका
साधन चलेका छैनन् भने राजधानीका सडकहरुमा पनि सार्वजनिक यातायातका साधन
गुड्न सकेका छैनन् ।राजनीतिक निकास निकाल्ने बहानामा चारदलले मनोमानी
गरेको, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने भन्दै आज बन्द
आव्हान गरेको मोर्चाले जनाएको छ ।
बन्दले गाडी नचल्दा विशेष कामले
टाढा पुग्ने यात्रुहरु पैदल हिँड्न बाध्य भएका छन भने लगातारको बन्दका कारण
परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई थप मार परेको छ ।बन्दका बेला
हुनसक्ने घटनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था भने मजबुद बनाइएको छ ।
सहरका चोक चोकमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ रहेका छन् ।स्रोत :
ओनलाईन खबर