दलित दशकको रुपमा मनाईदै
हेमराज भट्ट÷नेपालगन्ज
२०७० देखि २०८० को दशकलाई दलीत दशकको रुपमा मनाऔं भन्ने मुल नाराका साथ ४८ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको सन्दर्भमा जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ र यसको कार्यान्वयनका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।
दलीत गैर सरकारी संस्था लगायत एक दर्जन संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न अन्रतक्रिया कार्यक्रममा जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि २१ मार्चको सान्र्दभीकता, दलीत भेदभाव उन्मुलनका लागि राष्टिय तथा अन्तराष्टिय कानुन व्यवस्था तथा व्यवहारिक प्रयोगमा देखिएका चुनौती र सुधार गर्नुपर्ने पक्षहरु का बिषयमा कार्यपत्र प्रश्तुत गरिएको थियो भने कार्यपत्र माथि सरोकारवालाहरुले छलफल गरेका थिए । बाँकेका स्थानीय विकास अधिकारी बिश्वराज डोटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक्सन एड नेपाल, सेभ द चिल्ड्रेन, कारितास नेपाल र केयर नेपालले सहयोग गरेका थिए ।
