चैतमा रामापुरमा महायज्ञ हुने
विनोद परियार,रुपन्देही,९फागुन । युवा पण्डित दिनबन्धु पोखरेलले युवालाई अध्यात्मसंग जोडेर सामाजिक रुपान्तरणको अभियानमा सहभागि गराउनुपर्ने बताउनुभएको छ । उहाँले मुलुकमा राजनितिक गतिरोधले युवा शक्तिलाई विकास निर्माणमा सहभागि गराउन नसकेको भन्दै अध्यात्मले त्यसलाई पुरा गर्ने दावी गर्नुभयो ।
रुपन्देहीको दुधराक्ष गाविसमा चैत २९ देखि बैशाख सम्म संचालन हुने महायज्ञको जानकारी लागि आज (बुधबार)आयोजित कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले बुवा नारायणप्रसाद पोखरेलको अभियानलाई आफुले निरन्तरता दिएको बताउदै आफुले महायज्ञलाई समाज रुपान्तरण विकासको अभियान स्वरुप संचालन गरेको बताउनुभयो । समतामुलुक सभ्य र शिक्षित समाज बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि अध्यात्ममा युवाहरुको सहभागिता जरुरी रहेको उहाँको भनाइ छ ।
पहिलोपटक आफ्ना पिता नारयणप्रसाद पोखरेलको मृत्यू भएको ठाउमा माहायज्ञ हुन लागेकाले सबैलाई सहयोग गर्न समेत उहाको आग्रह छ । सो अवसरमा यज्ञ आयोजक समितिका प्रचार प्रसार संयोजक नारायण प्रसाद न्यौपानेले रामापुरमा बहुउपयोगी १५ सय क्षमताको सभाहल,सास्कृतिक सग्रालय र मन्दिर निर्माणका लागि महायज्ञको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार महायज्ञबाट करिब २ करोड उठ्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष बुद्धिराम न्यौपाने,काशिराम पोखरेलले गाउको विकासका लागि महायज्ञ संचालन गरिएको बताउनुभयो । आगामि चैत २९ देखि बैशाख ६ सम्म संचालन हुने महायज्ञको वाचन पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नुहुनेछ । महायज्ञ सम्पन्न गर्नका मुल समिति र उपसमिति गठन भईसकेको जनाईएको छ ।
