|

झुण्डिएर गरे तीन जनाले आत्महत्या

गौशाला, माघ २६- महोत्तरी जिल्लाका बेग्लाबेग्लै ठाउँमा तीन जनाले झुण्डिएर आत्महत्या का छन्। सिंग्याही गाविस-१ बस्ने अलजानी अन्सारीकी पत्‍नी २४ वर्षीया रहाना खातुन, गौरिवास-१ बस्ने १८ वर्षीया सम्झना खड्का र बर्दिबास-८ स्थित खड्का गेस्ट हाउसमा गएराति बास बस्न आएका नाम नखुलेका एक पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

खातुनलाई आज बिहान आफ्नै सुत्ने कोठाको पङ्खामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको हो। खड्का हिजो बेलुका ६ बजे आफ्नै घरको पङ्खामा झुण्डिएको तर उनलाई बेहोस अवस्थामा बर्दिबास अस्पतालमा लैजाँदै गर्दा बाटामै मृत्यु भएको बताइएको छ।


पहिचान नखुलेका व्यक्तिलाई गएराति साढे ८ बजे कोठाको पङ्खामा गलबन्दीको पासो लगाइ झुण्डिएको अवस्थामा भेटाइएको प्रहरी निरीक्षक बाबुराजा खड्काले बताए। मृतक तीनैजनाको शव परीक्षणका लागि अञ्चल अस्पतालमा जनकपुर पठाइएको छ। रासस(स्रोत : नागरिक न्युज )

Posted by Butwalonline on 7:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "झुण्डिएर गरे तीन जनाले आत्महत्या"

Leave a reply