लायन्स क्लव अफ सिद्धबाबा भृकुटीद्धारा बिद्यार्थीहरुलाई लत्ताकपडा बितरण
बिनोद परियार,बुटवल ,माघ ३ - ,लायन्स क्लव अफ सिद्धबाबा भृकुटीले बुटवल १५ मा रहेको जितेश्वरी माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लत्ताकपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ । आज बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि क्लवले गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई स्विटर,टोपी,कापि कलम तथा २ वटा फूटवल हस्तान्तरण गरेको हो ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबाका सहसचिब गणेश अधिकारीले आफ्ना स्वर्गिय बाबु सुकदेब भट्टराईको चौथो बार्षिक पुण्य तिथीको अबसरमा ति सामग्रीहरु उपलब्ध गराउनुभएको आयोजक क्लव भृकुटीकी अध्यक्ष सिता भट्टराईले जानकारी दिनुभयो । भृकुटीकी अध्यक्ष सिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जोन चियर पर्सन टंक प्रसाद गैरेले गरिब बिपन्न परिवारका बिद्यार्थीलाई क्लवले सहयोग गरेको भन्दै निरन्तरता दिन आग्रह गर्नुभयो । सो अबसरमा एक्टेन्सन चियर पर्सन राम प्रसाद बञ्जाडे,डिस्ट्रिक पिआरओ कृष्ण प्रसाद भुसाल,लायन्स क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष गोकर्ण पाण्डे,बिद्यालयका अध्यक्ष यम बहादुर राना,प्राचार्य धनेश्वर अर्याल,कार्यक्रम संयोजक राधिका भूसाल,भृकुटीकी सहसचिब लक्ष्मी अधिकारी लगायतले बोल्दै समुदाय लक्षीत कार्यक्रम गर्न जरुरी रहेको बताएका थिए ।
