|

चिनिया बुद्ध मन्दिरको सौजन्यमा विद्यार्थीहरुलाई न्यानो कपडाहरु वितरण

बिनोद परियार,बुटवल ,माघ ३ - लुम्बिनीमा रहेको चिनिया बुद्ध मन्दिरको सौजन्यमा कालिका उच्च मा. वि. बुटवल– १२ कालिकानगरमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडाहरु वितरण गरेको छ ।

विद्यालयमा आयोना गरिएको कार्यक्रममा  मन्दिरका धर्मगुरु मिंग हाओ ले नर्सरी देखी दश कक्षा सम्म अध्ययनरत ४३० जना विद्यार्थीहरुलाई ट्राउजर, मोजा जस्ता न्याना कपडाहरुसाथै शैक्षिक र खेलकुदका सामाग्री वितरण गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरु मिंग हाओले २६ सय वर्ष पहिले भगवान बुद्धले दिनु भएका सन्देशहरु आज पनि उत्तीकै सान्दभिर्क रहेको बताउनुभयो । कार्यक्रममा नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटा ,विद्यालयक  सह–प्राचार्य डम्बर कुमारी पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रममा  कक्षा १२ मा अध्ययनरत अपांग एवं असहाय विद्यार्थी तौलन लोध लाई चिनिया मन्दिर लुम्बिनीको तर्फ बाट नगद दश हजार रुपिया सहयोग स्वरुप प्रदान गरिएको थियो ।

Posted by Butwalonline on 7:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चिनिया बुद्ध मन्दिरको सौजन्यमा विद्यार्थीहरुलाई न्यानो कपडाहरु वितरण"

Leave a reply