सडक आन्दोलनबाटनै सरकारलाई घुंडा टेकाउने-सभापति कोइराला
ज्ञानु गौतम,नेपालगंज, माघ १५-नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले आफूहरुले थालेको सडक आन्दोलनबाट सरकारलाई घुंडा टेकाई छाड्ने बताउनुभएको छ । सहमतिका लागि तयार नहुने सरकार आन्दोलनको आाधीबेहरीबाट पाखा लाग्ने उहाले दाबी गर्नुभयो ।
९३औं शहिद दिबसका अवसरमा आज बााकेको फत्तेपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कोइरालाले सहमतिको मुख्य बाधक नै माओवादी भएका कारण मुलुक अनिर्णयको बन्दी बनिरहेको आरोप लगाउनुभयो । एकीकृत नेकपा माओवादी डर, त्रास र धम्कीका भरमा सत्तामा टिकिरहन खोजेको आरोप उहााको थियो । सभापति कोइरालाले डर, त्रास र धम्कीका भरमा सत्ता कब्जा गर्ने माओवादीको चाहना दिवा स्वप्न भएको समेत उल्लेख गर्नुभयो । सभापति कोइरालाले जनतालाई दमन गर्ने माओवादी पतन भएर जाने समेत बताउनुभयो ।
उहााले जनताको मन जितेर राजनीति गर्न माओवादीलाई आग्रह गर्नुभयो । माओवादीको सर्वसत्ताबाद र तानाशाही प्रवृत्तिलाई परास्त गर्न कांग्रेस सक्षम हुने कोइरालाको भनाई थियो । माओवादी प्रेसप्रति अनुदार रहेको प्रष्ट भइसकेको बताउादै उहााले पत्रकारको आन्दालेनप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो । मुलुकमा चुनाव सुनिश्चित गर्न कांग्रेस नेतृत्वको सरकार जरुरी रहेको उहााको दाबी थियो । कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य मोहम्द अफताब आलमले माओवादीले नै मुलुकमा सहमतिको राजनीति तोडेकाले विश्वासको वातावरण निर्माण गर्ने जिम्मा पनि उसकै हो, भन्नुभयो । कांग्रेसलाई संघियताविरोधी भन्नु निराधर रहेको उहााको भनाई थियो । विभिन्न जाती, धर्मका मानिसलाई उचालेर त्यसमाथि राजनीति गर्ने माओवादी नियत प्रष्ट भएको भन्दै उहााले मधेशी जनताले पनि संघियता नचाहेको बरु उनीहरुले सम्मान र अधिकार खोजेको नेता आलमको भनाई थियो । त्यस्तै अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले माओवादी चुनाबबाट डराएकाले उसले चुनाब गर्न नचाहेको प्रष्ट भएको भन्दै बर्तमान सरकार अपवित्र गठबन्धन भएको समेत आरोप लगाउनुभयो ।