आदिवासी जनजातिका लागि छट्याएको बजेट दुरुपयोग
बुटवल ,माघ ३ - रुपन्देहीको सालझन्डी गाविसमा आदिवासी जनजातिका लागि छुट्याइएको बजेट दुरुपयोग भएको भन्दैं त्यसो नगर्न आदिवासी जनजाति अगुवाहरुले गाविस सचिवलाई सचेत गराएको छ । गाविसले आदिवासी जनजातिका लागि छट्याएको बजेट बाटो,कुलो निर्माण तथा क्लबलाई सहयोग गरि दुरुपयोग गरिएको भन्दैं जनजाति अगुवाहरुले सचिवलाई सचेत गराइएको हो ।
आदिवासी जनजाति जिल्ला समन्वय समिति,जिल्ला विकास समिति, रुपन्देहीद्धारा गाउं तथा नगर समितिको अनुगमन गर्ने क्रममा सालझन्डी प’गेको टोलीसंग अन्तरक्रियामा बोल्ने आदिवासी जनजाति अगुवाहरुले उक्त सचेत गराएका हन् ।कार्यक्रममा बोल्दैं गाविस सचिव अग्नी पौडेलले विगतमा भएका कमीकमजोरीलाई सच्याएर जाने प्रतिवद्धता जनाउंनुभयो ।कार्यक्रममा समितिका उपाध्यक्ष धन बहादुर गुरुंग ,जिविस,रुपन्देहीका सामाजिक अधिकृत द’र्गा श्रेष्ठ,जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष होमबहादुर गलामी लगायतले बोल्नुभएको थियो । समितिले द’धराक्ष र गजेडी गाविसको पनि अन’गमन गरिएको उपाध्यक्ष गुरुङले बताउंनुभयो ।
