|

चिसो प्रभावित विपन्न र गरिव समुदायमा १५ सय थान कपडा वितरण

नेपालगंज पुस २७-जिल्लामा चिसो र शीतलहर बढ्दै गएपछि रेडक्रस उपशाखा कोहलपुर र दलित सेवा संघ बाकले जिल्लाको विकट गाविस राप्ती पारीको कालाफााटामा कपडा वितरण गरेको छ । चिसो र शीललहरका कारण ग्रामिण क्षेत्रका गरिव, निम्न आयस्तरका दलित, मधेशी र मुस्लिम समुदायका बालबालिका र वृद्धवृद्धा प्रभावित हुने क्रम बढेपछि न्यायो लत्ताकपडा, जुत्ताचप्पल वितरण गरिईएको हो ।

विहिबार एक कार्यक्रम बीच कालाफाटा गाविस कार्यालयमा २२० घरपरिवारलाई १५ सय थान कपडा वितरण गरिईएको हो । रेडक्रस उपशाखा कोहलपुरको क्लोथ बैक मार्फत संकलन गरिईएको १५ सय थान कपडा कालाफााटा गाविसका ९ वडाका विपन्न, गरिव, पिछिडिएका समुदायलाई स्वीटर,ज्याकेट, पाईन्ट,सट, टिर्सट,टोपी,जुत्ता, चप्पल लगायतका कपडा रहेको उपशाखा कोहलपुरका सचिव नारायण प्रसाद गौडेलले बताए । रेडक्रस उपशाखा कोहलपुर र दलित सेवा संघको सयुक्त आयोजनामा कोहलपुर र नेपालगञ्जमा संकलन गरिईएको उक्त कपडा वितरण गरिईएको हो ।

चिसो र शीतलहरका कारण कालाफााटा क्षेत्रका गरिव , न्युन आर्थिक स्तरका बालबालिका, वृद्धवृद्धा प्रभावित रहेको र न्यानो कपडाको आवश्यकताको महसुस गरि माग अनुसार न्यानो कपडा वितरण गरिईएको दलित सेवा संघ बााकेका अध्यक्ष बुद्ध सुनारले बताए । वितरीत कपडाबाट कालाफााटा गाविसका दलित, मधेशी, मुस्लिम, जनजाती लगायतका चिसो र शीतलहर पिडित समुदायलाई वरदान सावित भएको अध्यक्ष सुनारको भनाई छ ।

जिल्लाकै विकट र दुर्गम गाविसमा गनिने कालाफाटाका चिसो प्रभावित र पिडितलाई न्यानो कपडा वितरण गरिईएपछि गाविस सचिव महोरम अलीले दलित सेवा संघ र रेडक्रसले वितरण गरेको न्यानो कपडाले धेरै गरिव र विपन्न समुदायको ज्यान जोगिन मद्धत गरेको भन्दै यस्ता सहयोग र राहातका कार्यले यस गाविसमा निरन्तरता पाउनु पर्ने धारणा राखे । सरकारी सेवा सुविधा र विकासबाट वञ्चित रहने कालाफाटाका नागरिकहरुले न्यानो कपडा पाएपछि खुशी व्यक्त गरे । कपडा वितरण स्थल गाविस कार्यालयमा दलित सेवा संघ र रेडक्रस गंगापुर उपशाखाले छनोट गरेका २२० घरपरिवारका बालबालिका, वृद्धवृद्धाको भीड लागेको थियो । वितरण गरिइएको १५ सय थान कपडा विभिन्न व्यक्ति र संघसस्थाले सहयोग गरेका थिए । चिसो र शीतलहर जारी नै रहेकोले वितरीत कपडालले कालाफााटाका धेरै वृद्धवृद्धा र बालबालिकालाई सहयोग पुगेको रेडक्रस जिल्ला सभापति गोर्वधनसिह सम्झनाले बताए ।

सभापति सम्झनाले उपशाखा कोहलपुरले क्लोथ बैक स्थापना गरी गरिव र विपन्न समुदायलाई कपडा वितरण गर्ने कार्य उदाहरणीय र जिल्लामै पहिलो प्रयास भएको टिप्पणी गरे । कपडा वितरण कार्यक्रममा स्थानीय प्रहरी प्रशासन, रेडक्रस उपशाखा कोहलपुरका कार्यक्रम संयोजक लाल बहादुर राणा, दलित सेवा संघका कार्यक्रम संयोजक ईश्वरी विक, पत्रकार लगायतको सहभागीता रहेको थियो । कपडा वितरण गर्ने आयोजक सस्थाले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन् ।

Posted by Butwalonline on 7:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चिसो प्रभावित विपन्न र गरिव समुदायमा १५ सय थान कपडा वितरण"

Leave a reply