|

Kachari-DandaHinta


कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण  विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती  ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |

कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरु पक्राउ परेपछि ढिलै भएपनि दोषीहरु उम्कन सक्दैनन भन्ने विश्वास,धेरैलाई लागेको थियो । तर,पक्राउ परेको दोस्रो दिनै, सरकारपक्षबाट ससस्त्र द्धन्द्धको बेलामा भएको यस्ता घटनामा संलग्नलाई कारबाही गरे शान्ति प्रकृया विथोलिन्छ भन्ने अभिब्यक्ति आएपछि त्यो विश्वास तुहिएको छ । सरकारको अभिब्यक्ति संगै पत्रकार र मानवअधिकारबादीहरु यतिखेर सडकमा छन् ।

पत्रकार थापा हत्याका अभियुक्तहरु पक्राउको बिषयमा पक्ष र विपक्षका स्वर पनि सुनिएको छ । विस्तृत शान्ति सम्झौतालाई टकेर अन्तरिम संविधान २०६३ मा ६ मिहनाभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरि द्धन्द्धका घटनाको छानविन गर्ने उल्लेख छ । तर त्यो ६ बर्षसम्म पनि हुन सकेन । ससस्त्र द्धन्द्धका क्रममा राज्य र विद्रोही पक्षबाट पत्रकार र गैरपत्रकार सहित हजार्रौको ज्यान गयो । एकातिर सम्झौता अनुसार आयोग गठन हन सकेको छैन भने हत्याका अभियुक्तहरु त्यसैको आधारमा उम्कने वातावरण बनिरहेको छ । यसले न्यायको आशामा बसेका पिडितहरुको घाउ झन चर्किएको छ । यस्तो अवस्थामा हुनुपर्ने चाहि के हो त आजको कचहरीमा हामी यहि बिषयमा छलफल गर्दैछौं ।
प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe

Listen

Posted by Butwalonline on 6:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "Kachari-DandaHinta"

Leave a reply