|

गजल (सहिद दिवस स्पेसल )

ज्यानको बाजी थाप्दै सत्रु सँग लडेर पो सहिद भए
देसका लागि हाँस्दै गोली खाइ मरेर पो सहिद भए

जमिन भरी जता सुकै आलै छन ति खुन का टाटा
धर्ती माता बचाउन रगत छरेर पो सहिद भए

कती रोइन नेपाल आमा आफ्नै सन्तान गुमाउदा
गौरब सँग हासी हासी सुली चडेर पो सहिद भए

निरंग्कुसताले जता ततै जरो गाडेको बेलामा नि
भाबी सन्ततिको भबिस्यलाई जगडेर पो सहिद भए


 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Posted by Anonymous on 7:01 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल (सहिद दिवस स्पेसल )"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु