|

नयाँ वर्ष मनाउने क्रममा भागदौड मच्चिदा ६० जनाको मृत्यु(भिडियो )

एजेन्सी, पौष १७ । नयाँ वर्ष इश्वी संवत् २०१३ मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिदा अफ्रिकी मुलुक आइभरीकोस्टको राजधानी अविद्जानमा ६० जनाको मृत्यु भएको छ । समाचार एजेन्सी बीबीसीका अनुसार नयाँवर्षको स्वागतमा जुटेकाहरुबीच भागाभाग हुँदा ६० जनाको मृत्यु भएको हो ।

नयाँ वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रम हेरेर घर फर्किने बेलामा घटना भएपनि भागदौडको कारण स्पष्ट हुन नसकेको बताइएको छ । भागदौडमा परी २ सय ५० जना भन्दा बढी घाईते भएका छन् ।

घटनास्थलमा यत्रतत्र मृतक तथा घाईतेका लुगा र रगतका टाटाहरु देखिएका छन् । राजधानीको केन्द्रमा भागाभाग हुँदा धेरै मानिसको मृत्यु भएको जनाइएको छ ।

बीबीसीका अनुसार दुर्घटनामा पर्नेहरुमा धेरैजसो बालबालिका छन् । घटनास्थल र अस्पतालहरुमा आफन्तहरु खोज्न जानेहरुको भीड लागेको छ । घटना हुनुभन्दा अघिल्लो रात सोही ठाउँमा अमेरिकी रक ब्याण्डका चेरिस ब्राउनले मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेको थियो । स्रोत : ईमेज च्यानल

Posted by Butwalonline on 7:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नयाँ वर्ष मनाउने क्रममा भागदौड मच्चिदा ६० जनाको मृत्यु(भिडियो )"

Leave a reply