|

बोर्डिङ स्कुल भित्र ठूलो पाटेबाघ बसेपछि सर्ब साधारण आतंकित

कावासोती (नवलपरासी) , पुस ८ - कावासोतीको मुख्य बजारमा रहेको गण्डकी बोर्डिङ स्कुल भित्र ठूलो पाटेबाघ बसेपछि यस क्षेत्रमा आतंक फैलिएको छ ।

बोर्डिङ्गको दक्षिणपट्टकिो तेश्रो नम्बर कोठा भित्र बसेर गजिर्दै गरेको बाघ हेर्न स्थानियको ठुलो भीड छ । वरपरका गाउँवाट बाघ हेर्न भन्दै आएका सर्वसाधारणको भीड बढेको छ । वाटो र घरका छतभरी स्थनियको भीड छ । 

बोर्डिङबाट २ सय मिटरको दुरीमा रहेको मनकामना सामुदायिक वनवाट बाघ आएको आशंका छ । त्यो वनमा नजिकै रहेको चितवन निकुन्जवाट बाघ आएको हुन सक्ने इलाका वन कार्यलय कावासोती आएको हो ।

बाघ नियन्त्रणका लागि चितवन निकुन्जमा खबर गरीएको छ । बाघलाई लठ्याउने सूई हानेर नियन्त्रणमा लिइने छ । नियन्त्रणमा लिनु अगावै बाघ निस्किएर कसैलाई झम्टने हो की भन्ने त्रास कायमै छ ।

बाघ हेर्न भन्दै जम्मा भएको भिड नियन्त्रण नगरेर प्रहरी मुकदर्शक भएर बसेको भन्दै स्थानियले प्रहरीको आलोचना गरेका छन् ।

पाटेबाघले आइतबार बिहान बच्चु हरिजन भन्ने सिरक डस्ना बनाउने ब्यक्तिलाई झम्टेको थियो । उनको हातमा घाउ छ ,उनी सुरक्षित छन् । स्रोत : कान्तिपुर

Posted by Butwalonline on 6:59 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बोर्डिङ स्कुल भित्र ठूलो पाटेबाघ बसेपछि सर्ब साधारण आतंकित "

Leave a reply