आत्मघाती बम बिस्फोटमा मन्त्रीसहित ८ जनाको ज्यान गयो
पाकिस्तान,पुस ८ – पाकिस्तानको पेशावर शहरमा भएको आत्मघाती बम बिस्फोटमा प्रान्तीय मन्त्रीसहित ८ जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् ।
अवामी नेशनल पार्टीको बैठक चलिरहेका बेला तालिबान विद्रोहीले बम विष्फोट गराउँदा पार्टीका नेता तथा प्रान्तीय मन्त्री बशिर अहमद बिलौर, उहाँका स्वकीय सचिव, सुरक्षाकर्मी सहित ८ जनाको ज्यान गएको हो । बशिर तालिबान विरोधी नेताका रुपमा चिनिनुहुन्थ्यो ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा दरिलो पकड रहेको अवामी नेशनल पार्टीका नेता कार्यकर्तामाथि पछिल्लो समय तालिवान विद्रोहीले लगातार आक्रमण गरेका छन् ।
स्रोत : उज्यालो नेटवर्क
Posted by Butwalonline
on 6:53 AM. Filed under
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response