प्रेममा धोका पाएपछि एक युवतीद्धारा आत्महत्या
विराटनगर, पुस १६- प्रेममा धोका पाएपछि एक युवतीले आत्महत्या गरेकी छन्। सिरहा घर भइ हालः विराटनगर-१३ बस्ने १८ वर्षीया अन्नु कर्णले झुण्डिएर आत्महत्या गरेकी हुन्। विराटनगरको लर्डबुद्ध बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययन गर्ने कर्ण सोमबार बिहान मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ।
तीन दिदीबहिनीसहित विराटनगरमा बसिरहेकी कर्णलाई जतुवाका उदय यादवले प्रेममा फसाएर धोका दिएको मृतकका परिवारजनले बताएका छन्।उनी तीन महिनाको गर्भवतीसमेत रहेको कोसी अञ्चल अस्पतालले जनाएको छ। रासस(स्रोत :नागरिक न्यूज )
