|

किशोरी बिन्दु ठाकुरको हत्या उनकै बुबाले गरेको प्रहरीको ठहर

बारा, पुस १६ - बारा प्रस्टोकाकी किशोरी बिन्दु ठाकुरको हत्या उनकै परिवारका सदस्यको संलग्नतामा भएको प्रहरीले ठहर गरेको छ ।

सोमवार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय बाराले बिन्दुका बुबा रामा ठाकुरले बिन्दुको हत्या गरि शव आगोले जलाएर घर नजिकैको बाँसघारीमा लगेर फालेको पुष्टि भएको बताएको हो ।

पत्रकार सम्मेलनमा प्रहरी निरिक्षक रामनाथ घिमिरेले बिन्दुको घरमै हत्या गरेर घर नजिकैको बाँसघारीमा लगेर जीउमा मटिटतेल छर्केर आगो लगाइएको बताउनुभयो । बिन्दुको शव जलाउनका लागि प्रयोग गरिएको मटिटतेलको भाँडा घर भित्र लुकाएर राखिएको अवस्थामा फेला परेको र विन्दुको शव रहेको ठाउमा विन्दुका बुबा रामाको टर्च लाईट भेटिएको प्रहरी निरिक्षक घिमिरेले बताउनुभयो ।

गाँउकै एक युवकसंग प्रेम सम्बन्ध राखेको निहुमा रामा ठाकुरले आफनो छोरी बिन्दुको हत्या गरेको प्रहरीको भनाइ छ । विन्दुको परिवारले भने ट्युसन पढ्न गएका बेला अपरिचत ब्यक्तिले विन्दुको हत्या गरेको दावी गरेपनि प्रहरीले घटनामा परिवारको संलग्नता हुनसक्ने आशंकामा विन्दुका बाबु रामा ठाकुरलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो ।स्रोत : उज्यालो  नेटवर्क

Posted by Butwalonline on 8:10 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "किशोरी बिन्दु ठाकुरको हत्या उनकै बुबाले गरेको प्रहरीको ठहर"

Leave a reply