बिमान सडकमा नै आपत्तकालिन अवतरण,२ जनाको मृत्यु
काठमाडौं पुस १० - म्यानमारमा एक बिमान सडकमा नै आपत्तकालिन अवतरण गरिएको छ । त्यसक्रममा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
६० भन्दा बढी यात्रु बोकेर रंगुनबाट हान स्टेटको हिहो विमानस्थलका लागि उडेको एयर बगानको विमान रन वेबाट करिव ३ किलोमिटर टाढा सडकमा नै अवतरण गरिएको हो । विमानको एक इन्जिनमा आगो लागेकाले आकस्मिक अवतरण गर्नु परेको अधिकारीहरुले जनाएका छन् ।अवतरणका क्रममा सडकमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएका छन् भने मारिने अर्का विमानमा रहेका ११ वर्षीय बालक छन् ।स्रोत :ऑनलाइन खबर
