|

बासले मनायो स्वयम् सेवक दिवस

हेमराज भट्ट,नेपालगञ्ज, मंसिर २० - आज विश्व स्वयम सेवक दिवसको अवसरमा बासले आफ्नो केन्द्रिय कार्यलय नेपालगञ्ज–१३,भृकुटीनगर,बांकेमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा बासको अशल शासन रक्षक समुहका स्वयम सेवकहरु र बासका पदाधिकारी,कर्मचारीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रममा स्वयम सेवकको महत्व र भूमिकाको बिषयमा बासका महासचिव तथा पुर्व अशल शासन रक्षक बिभाग प्रमुख हेमराज भट्टले प्रकाश पार्नु भएको थियो । त्यस्तै बासका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र शाही र बास का पुर्वाञ्चल उपाध्यक्ष रमेश सिटौलाले समेत स्वयम सेवक दिवसको शुभकामना साथै यसको महत्वबारे जानकारी गराउनु भएको थियो ।
स्मरण रहोस् बासले बिगत केहि वर्ष देखि तीन महिने स्वयम सेवक प्याकेटको आयोजना गर्दै आएको छ । आवेदनको माध्यमबाट छनौट भएका स्वयम सेवकहरुलाई यातायत र केही खाजा खर्च समेत उपलब्ध गराउदै आएको छ ।

बासले आयोजन गर्ने कार्यक्रम र आवश्यता अनुसार कार्यालय ब्यबस्थापनमा स्वयम सेवकहरुको परिचाल गरिने गरिएको छ । तीन महिनाको समयावधि भित्र छनौट भएका स्वयम सेवकहरुको लागि बिभिन्न ब्यबस्थापकिय तालिमहरु समेत आयोजना हुने छ । आज स्वयम सेवकको “छैटौ” प्याकेजको लागि आवेदन लिने कार्य सम्पन्न भएको छ । त्यसैगरी आजनै बिदुशी शर्माको संयोजनमा अशल शासन रक्षक समुहको निर्माण गरिएको छ । कार्यक्रममा संयोजनको भूमिकामा रहि काम गर्न मौका दिनु भएकोमा बास परिवारलाई धन्यवाद दिदै आउदा दिनहरुमा सबैबाट सकारात्मक सहयोगको अपेक्षा राखेको कुरा बिदुशी शर्माले बताएकी छन् । शुभकामना सहित मन्तव्य राख्दै बासका अध्यक्ष राजु लामिछानेबाट कार्यक्रमको समापन भएको घोषणा भएको छ । निर्देशन नमस्कार शाह द्धारा सञ्चालन गरिएको कार्यक्रम झण्डै दुई घण्टा सम्म चलेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाकेको आयोजनामा बिहान निकालीएको स्वयम् सेवकहरुको र्‍याली ।

बासले आयोजना गरेको कार्यक्रम पछि सामुहिक तस्विरमा नया स्वयम् सेवक समुह ।





Posted by Butwalonline on 6:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बासले मनायो स्वयम् सेवक दिवस"

Leave a reply