|

शिक्षा पत्रकार समुह लुम्बिनीद्धारा बुटवलमा पत्रकार सम्मेलन

बुटवल,१६ मंसिर । शिक्षामन्त्रि दिनानाथ शर्माले बर्तमान सरकारले शिक्षा निति संसोधन गरेर शिक्षामा सुधारको प्रयत्न गरेको दावी गर्नुभएको छ । उहाले पञ्चायत कालमा बनेको शिक्षा ऐन विभिन्न चरणमा संसोधन भएपनि शिक्षाका समस्या थातीनै रहेपछि अध्यादेश मार्फत आठौंचरणमा मन्त्रालयले संसोधन गरेको  बताउनुभयो । तर संसोधित अध्यादेश  राष्ट्रपतिको कार्यालयमा थन्किदा सुधारको प्रयत्न रोकिएको उहाको भनाई छ । शिक्षा पत्रकार समुह लुम्बिनीद्धारा आज बुटवलमा आयोजित पत्रकार  पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि शर्माले शिक्षा निति नहुदा समस्या भएको बताउनुभयो । उहाले ५२ सालदेखि शिक्षा आयोय अबरुद्ध भएकाले त्यसलाई खुलाउन केहि नियमावलीमा संसोधन गरेर मन्त्रिपरिषदमा पठाईएको बताउनुभयो ।

मन्त्री शर्माले नेपालमा अझै पनि ४० प्रतिशत निरक्षर रहेको भन्दै सरकारले साक्षरता अभियान संचालन गरेको बताउनुभयो । पछिल्लो समयमा गेसपेपरले गर्दा विद्यार्थीको अध्ययनशिलता र मौलीकतामा ह्रास आएकाले मन्त्रालयले प्रकाशनगृहलाई नछाप्न निर्देशन दिएको समेत बताउनुभयो । पुस्तक अभाव भएको पत्रकारहरुको जिज्ञासामा मन्त्रि शर्माले त्यस्तो अवस्था भए दुईदिन भित्रमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रुपन्देही र यस आसपासका क्षेत्रमा कक्षा ९ र १० मा पुस्तकको अभाव देखिएको छ । सोही अवसरमा मन्त्रि    शर्मा समक्ष पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ रुपन्देही शाखाले ३ बुदे ध्यानआकर्षण पत्र बुझाएको छ । जिल्ला अध्यक्ष हेमानन्द शर्मा र सचिव त्रिलोचन ज्ञवालीद्धारा हस्ताक्षरित ध्यान आकर्षणपत्रमा पाठ्यपुस्तकको सहज आपूर्ति हुनुपर्ने,पुस्तक नितिको मस्यौदालाई अन्तिमरुपमा कार्यान्वयन गर्नुपर्ने, शैक्षिक महत्सवलाई पाचै वटा विकास क्षेत्रमा गरिनपर्ने लगायतको माग राखिएको छ । पत्रकार सम्मेलन शिक्षा पत्रकार समुह लुम्बिनीका सचिव कृष्ण मल्लको अध्यक्षता र सदस्य विनोद परियारको संचालनमा सम्पन्न भएको हो |

Posted by Butwalonline on 5:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शिक्षा पत्रकार समुह लुम्बिनीद्धारा बुटवलमा पत्रकार सम्मेलन"

Leave a reply