|

भ्रष्टाचार हुने देशको सूचिमा नेपाल विश्वमै १ सय ३९ औं स्थानमा

काठमाडौं, मङ्सिर २४- आज भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । नेपालमा पनि सरकारी र सरोकारवाला गैरसरकारी सस्थाहरुले भ्रष्टाचार निवारणमा जोड दिादै पनि बिभिन्न कार्यक्रम गरी मनाएईएको हो।

सन् २००३ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानुनका रुपमा भ्रष्टाचार बिरुद्धको महासन्धी जारी गरेदेखि यो दिवस मनाईंदै आईएको छ ।भ्रष्टाचारले विश्वमा महामारीको रुप लिएपछि त्यस विरुद्ध लड्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।विकासोन्मूख देशमा बढी भ्रष्टाचार हुने गरेको तथ्याङले देखाएको छ । भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले ४ दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल भ्रष्टाचार कम गर्न असफल देखिएको छ ।

यसैवीच नेपाल दक्षिण एसियाली मुलुकहरु मध्ये धेरै भ्रष्टाचार हुने देशको सूचिमा तेस्रो स्थानमा परेको एक तथ्याङकले देखाएको छ ।भ्रष्टाचारविरुद्ध काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचारका आधारमा विश्वमै नेपाल १ सय ३९ औं स्थानमा परेको दाबी गरिएको छ ।नेपालमा शुसान समेत कमजोर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।दक्षिण एशियामा अफगानिस्तानमा सबैभन्दा वढी भ्रष्टाचार हुने गरेको छ ।

Posted by Butwalonline on 8:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भ्रष्टाचार हुने देशको सूचिमा नेपाल विश्वमै १ सय ३९ औं स्थानमा"

Leave a reply