|

काग्रेस ,एमालेले आन्दोलन छोड्नुले सत्तामोह र निरिहता

बिनोद परियार,बुटवल,मंसिर २४-नेपाल मजदुर किसान पार्टीका रुपन्देही अध्यक्ष हरिसुन्दर वासीले काग्रेस र एमालेले आन्दोलन छोड्नुले उनीहरुको सत्तामोह र निरिहता पुष्टि भएको बताउनुभएको छ । आज नेपाल क्रान्तिकारी  विद्यार्थी संघ रुपन्देहीले संघको स्थापना दिवसको अवसरमा आयोजना गरेको विद्यार्थी भेलामा उहााले सो विचार व्यक्त गर्नुभएको हो ।

भेलामा वासीले सत्तारुढ दलहरुले कांग्रेस र एमालेको सत्तामोहकै कारणले उनीहरुलाई एक मधेस एक प्रदेश जस्ता विषयमा झुकाउने सम्भावना बढेको बताउनुभयो । मंसिर महिनाभित्र सरकार बन्ने सम्भावना न्युन भएको वासीको विश्लेषण थियो । भेलामा नेक्राविसंघका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला अध्यक्ष रामचन्द्र श्रेष्ठले दशौं राष्ट्रिय सम्मेलनले समाजवादी गणतन्त्रको प्रचार र शिक्षामा नवउदारवादको विरोधमा क्रियाशिल हुन निर्देशन गरेको बताउनुभयो । भेलामा नेपाल क्रान्तिकारी युवा संघकी रुपन्देही जिल्ला संयोजक शान्ति चौधरी, नेक्राविसंघका सुरेश परियार, कमला वि.क., तुल्सा वि.क. लगायतले आ आफ्ना विचार राख्नुभएको थियो । २०२२ सालमा सुस्तामा भारतीय हस्तक्षेपको विरोधमा उठेको विद्यार्थी आन्दोलनमा नेतृत्व पंक्तिको अवसरवादी चरित्र विरुद्ध संघर्ष गर्दै स्थापना भएको नेक्राविसंघको मंसिर २२ गते आफ्नो स्थापना दिवस मनाउादै आएको छ ।

Posted by Butwalonline on 8:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काग्रेस ,एमालेले आन्दोलन छोड्नुले सत्तामोह र निरिहता"

Leave a reply