|

प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्कार गर्न मुसाको चटनी

कैलाली ,मंसिर २१ - कैलालीको टीकापुर नगरपालिका ८ का मुक्तकमैया बाबुराम चौधरीले दुईजना आफन्तलाई खेतका मुसा खोज्न लगाएका छन् । बाबुरामले खेतमा धान खाएर दुःख दिने मुसा मार्नका लागि मान्छे खटाएका होइनन्, उनले त प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्कार गर्न पो मुसा खोजेका हुन् ।

थारु समुदायमा पाहुनालाई स्वागतसत्कार गर्दा मुसाको चटनी, चामलको पिठोबाट तयार पारिने ढिकरी र घोंगीको परिकार खुवाउने चलन छ । त्यही चलनअनुसार शुक्रबार आफ्नो घरमा बास बस्न आउन लागेका प्रधानमन्त्रीलाई चटनी खुवाउन बाबुरामले मुसा खोज्न लगाएका हुन् । प्रधानमन्त्री भट्टराई जनताको घरमा बास बस्नेक्रममा शुक्रबार टीकापुर ८ स्थित विजयनगर मुक्तकमैया शिविरका मुक्तकमैया बाबुरामको घरमा पुग्ने कार्यक्रम रहेको छ ।
समाचार  ऑनलाइन खबर बाट


Posted by Butwalonline on 6:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्कार गर्न मुसाको चटनी"

Leave a reply