|

पोखराबाट नेपालमै पहिलो पटक गाईको सिङ बाट यमोनिया उत्पादन अभियान शुरु

घनश्याम पाण्डेय,पोखराको वडानं १५मा आज देखि जीबामृत तथा यमोनिया उत्पादन शुरु गरीएको छ ।बालाचतुदर्शीको अबसरमा अर्गानिक कृषि सहकारी संस्थाले यमोनिया उत्पादनको लागी एक कार्यक्रमको आयोजना गरी नेपालमै पहिलो पटक यमोनिया उत्पादनको लागी गाइको २ वटा सिङमा गाईकै गोबर राखेर जमनीमुनी गाडीएको छ । उत्पादन मुलक माटोमा चाहिने १६ तत्वहरु यमोनियामा पाइने भन्दै आज अर्गानिक कृषि सहकारी संस्थाले अध्यक्ष माया केसीको अर्गानिक फारममा सो सिङ गाडेको हो । सिङ गाडे पछि कृषकहरुले सोही सिङमा सदविज छरेका थिए ।

अहिले विषादीको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पुगेको बताउदै कृषकहरुले अर्गानिक कृषिको लागी विदेशी किसान प्रविधि नेपालमा भित्राएको अध्यक्ष माया केसीले बताउनु भयो ।१३ गते सम्म संचालन हुने अभियान  अर्गानिक कृषि सहकारी सस्थाका सदस्यहरुको प्रेत्यक घरमा चलाइने सचिव भक्त केसी जानकारी दिनु भयो ।आज गाडीएको सो सिङ अबको छ महिना पछि जमीन बाट निकालीने केसीले बताउनु भयो । एउटा सिङ बाट चार पटक सम्म यमोनिया उत्पादन गर्न सकीने उहाँको  भनाई थियो ।

सो कार्यक्रममा पत्रकारहरु लाई अर्गानिक फार्मको अबलोकन गराउनुको साथै यमोनियाको महत्व बारे जानकारी गराइएको थियो ।चेतना महिला समुहका अध्यक्ष मायाँ भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जापानी भोलीन्टीयर दिपा ,हिमालयन टेलिभिजनका कमल पराजुली ,क्रियाशिल पत्रकार संघका उपाध्यक्ष उत्तम पण्डीत ,क्रान्तीकारी पत्रकारसंघ तमुवान सदस्य घनश्याम पाण्डेय लगायतको उपस्थिीती रहेको थियो ।

Posted by Butwalonline on 7:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखराबाट नेपालमै पहिलो पटक गाईको सिङ बाट यमोनिया उत्पादन अभियान शुरु"

Leave a reply