|

अखिल छैठौंको १६ औं सम्मेलन शुरु

बिनोद परियार,बुटवल,पुस ९ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौं) रुपन्देहीको १६ औं जिल्ला सम्मेलन आज (सोमबार)देखि बुटवलमा शुरु भएको छ । सम्मेलनको अनेरास्ववियू छैठौंका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले उद्घाटन गर्नुभएको हो । सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा परिणत भएकाले देशको  विकास हुनु नसकेको बताउनुभयो । उहाँले शिक्षा बैज्ञानिक र ब्यहारिक  नहुदासम्म सर्टिफिकेट आतमा लिएर बेराजगार बस्नुको विकल्प नहुने बताउनुभयो ।

शिक्षाका नाममा निजि क्षेत्रबाट ब्यपार गर्ने काम भएको भन्दै अखिल छैठौंले यस्ता गलत प्रवृत्तिको विरुद्ध आन्दोलन गर्दै आएको बताउनुभयो । जनयुद्धका बेला माओबादीले जनवादी शिक्षाको नारा देखाएर विद्यार्थीहरुलाई आन्दोलनमा हिडाएपनि सत्तामा पुगेपछि विर्सिएको उहााले बताउनुभयो । ‘क भनेको कम्यूनिष्ट ख भनेको खबरदार भन्नेर सिकाउने पार्टीले गद्धार गर्‍यो्’ अध्यक्ष घिमिरेले भन्नुभयो – ‘त्यसैले सच्चा विद्यार्थी संगठन चिन्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रें आलमले अहिलेसम्मको पुजीबादी शिक्षा ब्यवस्था परिवर्तन नभएसम्म ब्यबहारिक शिक्षा नआउने बताउनुभयो । अनेरास्ववियू छैठौंका केन्द्रिय कोषाध्यक्ष दीपक पौडेलले क्रान्तिका नाममा केहि विद्यार्थी संगठनले भ्रम फैलाएको बताउनुभयो । जिल्ला अध्यक्ष देवेन्द्र कुवरको अध्यक्षता,सचिव प्रकाश जिसिको संचालनमा भएको कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष एंव निवर्तमान सभाषद मिना पुन,अखिल छैठौंका राप्ती लुम्बिनी अध्यक्ष विमल पोखरेल,अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) का केन्द्रिय उपाध्यक्ष नारायण पुन,राष्ट्रिय जनमोर्चाका बुटवल नगर अध्यक्ष पदम श्रेष्ठ,श्याम पराजुली लगायतले बोल्दै विद्यार्थीहरु राजनितिमा आबद्ध भएर जनवादी शिक्षा प्राप्तिको आन्दोलनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।  संविधानसभाको चुनाव र संघियता खारेजीको लागि हाम्रो आन्दोलन ब्यवहारिक र जनवादी शिक्षा प्राप्तिको लागि १६ औं जिल्ला सम्मेलन भन्ने नाराका साथ शुरु भएको सम्मेलन भोली(मंगलबार) नयाा नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सम्मेलनमा जिल्लाका करिब ३ सय विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


Posted by Butwalonline on 5:25 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अखिल छैठौंको १६ औं सम्मेलन शुरु "

Leave a reply