|

प्रथम कवुलियति वन महोत्सव सपन्न

प्रेम कान्छा मगर,रामपुर,पाल्पा - कवुलियति वन तथा पशु विकास कार्यक्रमका लागि प्राविधिक सहयोग बवरमहल, काठमाण्डौले पाल्पाको दुर्गम झिरुबासमा प्रथम कवुलियति वन महोत्सव गरेको छ। वातावरण संरक्षणमा सहयोग पुर्याकउने उद्देश्यले गरिएको महोत्सवमा गुल्मी, स्याङ्जा, नवलपरासी र पाल्पाका कवुलियति वन लागु भएका गाविसका समूहको सहभागिता थियो।

वन विभागका महानिर्देशक ब्रजकिशोर यादव, पशु विकास उपमहानिर्देशक देवेन्द्र यादव र कवुलियति वन तर्फका टिमलिडर गोविन्दप्रसाद काफ्लेलगायतको महोत्सवमा उपस्थिति थियो। दुर्गमका जनताको मेहनतले गर्दा महोत्सव गर्न सक्ने अवस्था आएपनि यसलाई निरन्तरता दिनु चुनौती भएको उनीहरुले बताएका थिए। कवुलियति वन समन्वय समित पाल्पा र नवलपरासीको आयोजनामा ८० किलोमिटर पूर्व भएको महोत्सवमा चार जिल्लाका ७६ वटा समूह सहभागि भए।

महोत्सवको मुख्य उद्देश्य वातावरण संरक्षण र जीवनस्तर सुधार नै हो हव अधिकृत नारायणदेव भट्टराईले भने, त्यसको लागि स्थानीय बासिन्दाको सहयोग नै महत्वपूर्ण भएको छ। वातावरण संरक्षण र जीवनस्तर सुधारसम्बन्धि लोकगीत तथा लोकनृत्य प्रतियोगिता, युवा जागरण र सक्रियताका लागि भलिवल प्रतियोगिता, कवुलियति वन कार्यक्रम लागु भएका चारै जिल्लाको अनुभव आदान–प्रदान, भावी कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको छ। लोकनृत्यमा पाल्पाको जल्पा पहिलो, नवलपरासीको रुचाङ् दोस्रो र पाल्पा झिरुबासकै समूह तेस्रो भयो। उनीहरुलाई नगद पुरस्कार प्रदान गरियो।

सोही कार्यक्रममा सहयोग पुर्याउने प्राविधिक, कर्मचारी र संचारकर्मीलाई शनिबार सम्मान गरिएको छ। संचारको क्ष्ँत्रमा सहयोग पुर्याएवापत पत्रकार माधब अर्याल र नवलपरासीका पत्रकार बिद्रोही गिरीलाई सम्मान गरेका छन्। यस्तै कर्मचारीतर्फ नवलपरासीका सहायक वन अधिकृत सुरेशकुमार गुप्ता, गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेय, स्याङ्जा जिल्ला वन कार्यालयका रेञ्जर अमरबहादुर पराजुली, पाल्पा वन कार्यालयका रेञ्जर चन्द्रबहादुर भाट र हव कार्यालयका रेन्जर रामचरण चौधरीलाईसमेत सम्मान गरिएको छ। यस्तै,पशु सेवा केन्द्र सहलकोटका ओमबहादुर मश्राङ्गी,ग्रामिण पशु कार्यकर्ता झिरुवासका मानबहादुर ढेंगामगरलाई सम्मानपत्र, मायाको चिनो र उपहार दिईयो।

Posted by Butwalonline on 5:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रथम कवुलियति वन महोत्सव सपन्न "

Leave a reply