|

संगित रोयल्टी तिर्ने रुपन्देहीका रेडियोहरुको प्रतिवद्धता

बुटवल, २६ मंसिर (बुटस)। रेडियोमा गित संगित बजाए वापत स्रष्टालाई तिर्नुपर्ने रोयल्टी रकम तिर्नको लागि रुपन्देहीका रेडियोहरुले प्रतिवद्धता जनाएका छन् ।स्रष्टाको सम्मान तथा स्रष्टासंग सुमधुर सम्वन्ध राख्नको लागि आफ्नो रेडियोले सक्दो सहयोग गर्ने  भन्दै रोयल्टी रकमको लागि आफुहरु सकारात्मक रहेको रेडियोका संचालकहरुले बताएका छन् । रोयल्टी संकलन समाज नेपालको आयोजनामा मंगलबार बुटवलमा भएको अन्र्तक्रिया कार्यक्रममा  उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा रेडियो लुम्विनीका संचालक कृष्ण नेपाललले रेडियोहरुले बार्षिक रुपमा आफ्नो आम्दानीको दुई प्रतिशत रोयल्टी रकम तिर्दै आएको बताउदै गीत संगित बापतको रोयल्टी रकम तिर्नको लागि पनि आफुहरु सकारात्मक रहेको बताए ।

बुटवल एम एफका कार्यकारी निर्देशक माधव नेपालले आफ्नो रेडियोले एक साता भित्रै रोयल्टी रकम तिर्नको लागि पक्रिया अघि बढाउने घोषणा गरे । त्यस्तै रेडियो नमस्तेका स्टेसन म्यानेजर डायलसन अधिकारी, तिनाउ एफ, एमका संचालक  तेज नारायण पाण्डे, रेडियो जागरणका स्टेसन म्यानेजर शिवजी गायक, रेडियो मुक्तिकी अध्यक्ष सावित्रा अर्याल लगायतले  आफुहरु गीत संगित बजाएबापतको रोयल्टी तिर्न सकारात्मक रहेको भन्दै आगामी दिनमा आफुले सक्दो रोयल्टी रकम तिर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा संगित रोयल्टी संकलन समाजका कार्यवाहक अध्यक्ष सुरेश अधिकारी, सदस्य लक्ष्मण श्रेष्ठ, कोषाध्यक्ष एक नारायण भण्डारी, नेपाल पत्रकार महांसघ रुपन्देहीका सल्लाहकार सुमन अधिकारी लगायतको उपस्थिती थियो ।

Posted by Butwalonline on 7:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संगित रोयल्टी तिर्ने रुपन्देहीका रेडियोहरुको प्रतिवद्धता"

Leave a reply