|

सौतेनी आमाले बाँसको भाटाले हान्दा छोरी खुत्रुक्कै

इलाम, मंसिर २१ -इलामको मङ्गलवारे-५ स्थित साब्जुङमा सौतेनी आमाले छोरीको हत्या गरेकी छन्। छोरीले दाउरा ल्याउन नमान्दा सौतेनी आमा मनमति राई शेर्पाले बाँसको भाटाले हानेर सात वर्षीया छोरी याञ्जुला शेर्पाको  हत्या गरेकी हुन्।

मृतक बालिकाको टाउको, खुट्टा र शरीरमा गहिरो चोट लागेको छ। याञ्जुलाकी आमा आफ्नै देवरसँग विवाह गरेपछि उनका बाबु मिङ्माले चार वर्षअघि कान्छी श्रीमतीका रुपमा मनमतिलाई विवाह गरेका थिए। प्रहरीले ३३ वर्षीया मनमति र बाबु मिङ्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताएका छन्। बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। मनमतिले प्रहरी समक्ष आफूले हत्या गर्ने मनसायले नहिर्काएको बयान दिएकी छन्।
स्रोत :नागरिक न्यूज

Posted by Anonymous on 4:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सौतेनी आमाले बाँसको भाटाले हान्दा छोरी खुत्रुक्कै "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु