|

बनेपाको दुरसञ्चार चोकमा बम विष्फोट

काभ्रे, मंसिर १८ - बनेपाको दुरसञ्चार चोकमा सोमबार बिहान बम विष्फोट भएको छ । प्रहरीका अनुसार चोक नजिकै रहेको फोहोरको डंगुरमा भएको विष्फोटबाट कुनै क्षति भने भएको छैन ।

प्रारम्भिक अनुसन्धानबाट पाइप बम विष्फोट गराइएको बनेपाका प्रहरी निरीक्षक खेम आचार्यले बताए । विष्फोटस्थलमा विश्वभूमि सेना विशाल नेपालको पर्चा भेटिएको छ । पर्चामा गणतन्त्र र लोकतन्त्रका नाममा देश लुट्न र टुक्रयाउन नपाइने लेखिएको छ । प्रहरीले घट्नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
 समाचार कांतिपुर बाट

Posted by Butwalonline on 6:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बनेपाको दुरसञ्चार चोकमा बम विष्फोट"

Leave a reply