|

प्रचण्डले आफुलाई थप्पड हान्नेलाई धरौटी रकम बुझाएर जेल मुक्त गर्ने

काठमाण्डौं मंसिर २६ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हातपात गरी सार्वजनिक मुद्दामा सजाय भोग्न जेल चलान भएका बाग्लुङका पदम कुँवरलाई प्रचण्डले नै जेल मुक्त गराउने भएका छन् ।

जिल्ला प्रशासन कार्यलयले मागेको २८ हजार धरौटी रकम बुझाउन नसेकर जेल चलान भएका कुावरको धरौटी रकम प्रचण्डले नै बुझाएर जेल मुक्त गर्ने तयारी भएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।

प्रचण्डले आज सवै प्रक्रिया बुझेर धरौटी रकम फिर्ता गरी कुावरलाई जेल मुक्त गराउनुहुनेछ । प्रचण्डले आफुलाई थप्पड हान्नेलाई पहिले नै माफि दिएपनि अहिले यो घटनालाई तोडमोड गरेर वृहत बनाउन खोजिएपछि अध्यक्षले नै धरौटी रकम तिर्न लाग्नुभएको पनि खकुरेलले बताउनुभयो ।

कुँवरले गत मंसिर १ मा भृकुटीमण्डमा एमाओवादीद्वारा आयोजित चियापानमा प्रचण्डलाई झापड हानेका थिए । लगत्तै माओवादी कार्यकर्ताबाट कुटिएका कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 6:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रचण्डले आफुलाई थप्पड हान्नेलाई धरौटी रकम बुझाएर जेल मुक्त गर्ने"

Leave a reply