|

बाबुले छोरी गर्भवती बनाएपछि...

काभ्रे, २१ मसिंर । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान मनाइरहेका बेला कुशादेवी–९ सिमखरमा बाबुले छोरी गर्भवती बनाएपछि आफन्त र स्थानीयले परिवार नै बहिष्कार गरेका छन् ।

स्थानीय विद्यालयमा कक्षा ९ मा सेक्सन ‘ए’ मा अध्ययनरत १८ वर्षीया छोरी गर्भवती बनाएको ८ महिनापछि मात्रै परिवारले थाहा पाएका थिए । छोरीलाई गर्भवती बनाएको थाहा पाएर आफन्तलाई जानकारी गराउने पत्नीलाई समेत ५० वर्षीय सापकोटाले कुटपिट गरी घरबाट लखेटेका छन् भने छोरीलाई पनि बेपत्ता बनाएका छन् । गर्भवती छोरीको अवस्थाबारे सबै अनभिज्ञ छन् । घटना लुकाउन अनेक प्रयास गरे पनि सार्वजनिक भएपछि सापकोटा माइतीमा रहेकी जेठी पत्नी लिएर फरार भएका छन् ।

भारतको कलकत्तामा काम गर्दै आएका सापकोटाले घर आएका बखत छोरीसँग शारीरिक सम्बन्ध राखेको आठ महिनापछि मात्रै पत्नीले थाहा पाइन् । पतिको कर्तुतबारे पत्नीले आफन्तलाई खबर गरेपछि मात्रै सापकोटाको कर्तुत गाउँलेले थाहा पाएका थिए । सापकोटाका दुई पत्नी छन् । जेठी पत्नीपट्टिका १८ वर्षीय छोरीसँग शारीरिक सम्बन्ध राखेर भारत गएका सापकोटा दसैँ सकिएर तिहार मान्न आएका बेला गर्भ भएको स्विकारेका थिए । छोरी जन्मिएपछि कान्छी पत्नी विवाह गरेका सापकोटाले उनीबाट जन्मिएका दुई सन्तानसहित पत्नीलाई घरनिकाला गरेका थिए । प्यारालाइसिसको बिरामी भएपछि कान्छीमाथि कुटपिट गर्दै घरनिकाला गरेको स्थानीयले जानकारी दिए ।

करिब एक वर्षअघि घर आएका सापकोटाले जबर्जस्ती छोरीसँग शारीरिक सम्पर्क राखेका थिए । केही महिना गाउँमै बसेर उनी पुन: कलकत्ता गएका थिए । स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै गरेकी छोरीले बाबुको जबर्जस्तीका बारेमा कसैसँग भनिन् । आठ महिनाको गर्भ हुँदासमेत विद्यालय र छरछिमेकले पत्तो पाउन सकेनन् । उनकै आमाले छोरीको गर्भको शंका गरेर केरकार गरेपछि मात्रै उनले बाबुसँगको सम्पर्कका बारेमा बताएकी थिइन् । सापकोटाका जेठी पत्नीले छोरी बाबुबाटै गर्भवती भएको देवरलाई जानकारी गराइन् । तिहारअघि घर आएका सापकोटालाई छोरीसँग सम्बन्ध राखेको भन्दै भाइहरूले कुटपिट गरेपछि भाइहरूलाई भनेको भन्दै पत्नीलाई कुटेर घरनिकाला गरेका थिए । भागेर माइत गएकी उनकी पत्नी अहिले माइतमा पनि नभएको बताइएको छ । पत्नी लखेटेपछि सापकोटाले छोरी कहाँ लगेर राखेका छन् ? छोरीको अवस्थाबारे कसैले जानकारी पाउन सकेका छैनन् । विद्यालयमा उनी दसैँको बिदाअघिसम्म हाजिर भएको रेकर्ड छ ।

छोरी र पत्नी दुवै लखेटेर फरार भएका सापकोटा एक दिन साँझ घर आउँदै थिए । घरमा भाइहरूले ताल्चा लगाइदिएर गाईवस्तु हेरिदिएका थिए । रातका समयमा बाँसको झ्याँगमा लुकेको देखेपछि गाउँले जम्मा भएर सापकोटालाई कुटपिट गरेका थिए । गाउँलेले सापकोटाको घरमा थप ताल्चा लगाउँदै लखेटेका थिए । गाउँ फर्किए भने उनलाई बहिष्कार गरी निकाला गर्ने गाउँलेले घोषणा गरेका छन् । आठ महिनाको गर्भ भइसकेकी छोरीको अवस्थाबारे स्थानीय पनि अनभिज्ञ छन् ।
समाचार   सौर्य दैनिक

Posted by Butwalonline on 7:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाबुले छोरी गर्भवती बनाएपछि..."

Leave a reply