|

भ्यान त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यू

धादिङ, मंसिर २२ – धादिङको बेनिघाटबाट चितवन जाँदै गरेको बा ९ च २०१० नम्बरको भ्यान शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

तरकारी बोकेको भ्यान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविसको जवाङबाट ३० मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

ज्यान जानेको पहिचान खुल्न सकेको छैन भने भ्यानमा कति जना सवार थिए भन्नेबारे पनि केही थाहा हुन सकेको छैन । प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
स्रोत : उज्यालो नेटवर्क

Posted by Butwalonline on 10:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " भ्यान त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यू "

Leave a reply