धान झार्ने क्रममा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु
झापा पुस १० - धान झार्ने क्रममा थ्रेसरमा च्यापिएर सोमबार झापाको शनिश्चरेमा एक जनाको मृत्यु भएको छ ।शनिश्चरे ६ सालबारीमा थ्रेसरबाट धान झार्ने क्रममा स्थानिय ६५ बषिर्य काशीनाथ बास्तोलाको मृत्यु भएको हो ।बास्तोलाको गलबन्दी थ्रेसरमा परे पछि उनलाई थ्रेसरले तानेपछि च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।स्रोत : ऑनलाइन खबर
